- काठमाडौँ — दीर्घ जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण हो, स्वस्थ शरीर ।
- स्वस्थ जीवन व्यक्ति स्वयम्का लागि मात्र नभएर परिवारका लागिसमेत महत्त्वपूर्ण हुन्छ ।
- स्तरीय जीवन र अतिरिक्त वर्ष जिउनका लागि स्वस्थ जीवनशैली महत्त्वपूर्ण छ ।
- भावनात्मक प्रभाव : शारीरिक रुपमा स्वस्थ हुँदा तपाईंको भावनात्मक स्वास्थ्य पनि बलियो हुन्छ ।
काठमाडौँ — दीर्घ जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण हो, स्वस्थ शरीर । स्वस्थ शरीरका लागि हाम्रा बानी व्यवहारले धेरै प्रभाव पार्छन् । रोग लाग्नुअघि नै निदानका उपाय अपनाउन सकियो भने धेरैजसो अवस्थामा अस्पतालसम्म पुगिरहन पर्दैन ।
स्वस्थ जीवनशैली के हो ?
स्वस्थ जीवनशैली भनेको शरीरलाई बलियो, ऊर्जावान् र खुसी महसुस गर्नु हो । शरीर स्वस्थ भयो भने काममा ऊर्जा आउँछ र परिणाम पनि राम्रो आउँछ । स्वस्थ जीवन व्यक्ति स्वयम्का लागि मात्र नभएर परिवारका लागिसमेत महत्त्वपूर्ण हुन्छ ।
स्वस्थ जीवनशैली किन महत्त्वपूर्ण छ ?
शारीरिक स्वास्थ्य : राम्रो खाना खाने र नियमित व्यायाम गर्नाले हृदय रोग र मधुमेह लगायत धेरै रोगबाट बच्न सकिन्छ ।
मानसिक स्वास्थ्य : स्वस्थ जीवनशैलीमा आफ्नो दिमागको ख्याल राख्नु पनि आवश्यक हुन्छ । नियमित व्यायाम, राम्रो पोषण र पर्याप्त निद्राले तपाईंको मुडलाई धेरै सुधार गर्न, तनाव र चिन्ता कम गर्न सक्छ ।
दीर्घायु : स्वस्थ बानीले आयु वृद्धि हुने अनुसन्धानले पुष्टि गरेको छ । स्तरीय जीवन र अतिरिक्त वर्ष जिउनका लागि स्वस्थ जीवनशैली महत्त्वपूर्ण छ ।
ऊर्जा र जीवन शक्ति : राम्रो पोषण र व्यायामले तपाईंलाई थप ऊर्जावान् महसुस गराउँछ । यसको मतलब तपाईं आफ्ना बच्चासँग खेल्न सक्नुहुन्छ, साहसिक कार्यमा जान सक्नुहुन्छ र थप उत्साहका साथ आफ्ना दैनिक कार्य गर्न सक्नुहुन्छ ।
भावनात्मक प्रभाव : शारीरिक रुपमा स्वस्थ हुँदा तपाईंको भावनात्मक स्वास्थ्य पनि बलियो हुन्छ । जब तपाईं शारीरिक रूपमा बलियो महसुस गर्नुहुन्छ, तब जीवनमा सकारात्मक दृष्टकोण प्रवाह हुन्छ ।

यो समाचारमा तपाईंको प्रतिक्रिया:
प्रतिक्रिया दिनुहोस्