मुख्य सामग्रीमा जानुहोस्
Nectar Press
२०८३ असार ३१ गते, बुधबार

देशभर उत्साहपूर्वक मतदान : ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

देशभर उत्साहपूर्वक मतदान : ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
मुख्य बुँदाहरू
  • मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको जानकारी दिए ।
  • मतदाताको उपस्थिति र शान्ति–सुरक्षा अवस्था अत्यन्त राम्रो छ,” उनले भने, “मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्र मतदान सकिनेछ ।”

    उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक तथा शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे ।

  • मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी मतगणना सुरु गरिने उनले जानकारी दिए ।
  • मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास रहेको उनले बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको जानकारी दिए ।

“बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रूपमा मतदान सुरु भएको छ । मतदाताको उपस्थिति र शान्ति–सुरक्षा अवस्था अत्यन्त राम्रो छ,” उनले भने, “मतपत्र पाएपछि एकदेखि दुई मिनेटभित्र मतदान सकिनेछ ।”

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक तथा शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे । मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन गरी मतगणना सुरु गरिने उनले जानकारी दिए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास रहेको उनले बताए । युवाको उत्साहजनक सहभागिताका आधारमा यसपटक ६५ प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरिएको पनि उनले बताए ।

यो समाचारमा तपाईंको प्रतिक्रिया:

साझा: Facebook X WhatsApp Telegram

Nectar Digit