- नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ ।
- चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।
- तीन दिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका पर्यटन बोर्ड, गन्तव्य व्यवस्थापन कम्पनी, ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर, खरिदकर्ता तथा सञ्चारकर्मी सहभागी भए ।
- कार्यक्रमले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, व्यवसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
१४ जेठ, काठमाडौं । नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ । चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।
तीन दिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका पर्यटन बोर्ड, गन्तव्य व्यवस्थापन कम्पनी, ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर, खरिदकर्ता तथा सञ्चारकर्मी सहभागी भए । कार्यक्रमले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, व्यवसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
यो समाचारमा तपाईंको प्रतिक्रिया:
प्रतिक्रिया दिनुहोस्